भक्तपुरमा निर्वाचन तयारी तीव्र
माघ १३ गते । केके मानन्धर ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ । यसैबीच, भक्तपुर क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीले मध्यपुरका पत्रकारसँग साक्षात्कार गर्नुभयो । पत्रकार साक्षात्कारमा खत्रीले नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार बमोजिम आफु भक्तपुरबाट उम्मेदवार बनेको दाबी गर्नुभयो । ‘नेपालको संविधानले एक जना नेपालीलाई जुनसुकै भूगोलबाट निर्वाचनमा सहभागी हुनसक्ने अधिकार दिएको छ । भक्तपुरको भाषा, सम्पदा, कला, संस्कृतिको अधिकारलाई राष्ट्रिय मुद्दाको रुपमा अगाडि सार्नुपर्छ । त्यसको लागि म भूमिका निर्वाह गर्छु ।’ खत्रीले बताउनुभयो ।
भक्तपुरका पुराना दलले परिणाममुखी काम गर्न नसकेको बताउँदै आफु र आफ्नो पार्टीले त्यस्ता मुद्दाहरू उठाउने आश्वासन दिनुभयो । त्यस्तै, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) इमान्दार पार्टी भएपनि संसद्मा बहुमत नपुगेको कारणले मुद्दा ओझेलमा परेको बताउनुभएको थियो । विगतमा रास्वपाका सांसदले नेमकिपाको मुद्दालाई संसद्मा उठाएको स्मरण गर्दै आगामी दिनमा राम्रो र उपयुक्त मुद्दामा साथ दिने आश्वासन दिनुभयो । पुराना दलले गर्न नसकेको काम रास्वपाले गर्नुपर्ने भएर पाँच वर्षको लागि आफ्नो पार्टीलाई जिताउन खत्रीले आग्रह गर्नुभयो । यसअघि दूधपाटीमा माघ ११ गते आइतबार भक्तपुरमा सक्रिय रहेका पत्रकारहरूसँग रास्वपाले भेटघाट गरेको थियो । भक्तपुरमा रास्वपाको चुनावी प्रचार प्रसारको लागि मध्यपुर थिमिका नगर सभापति न्हुछेरत्न मानन्धर तथा सूर्यविनायकका नगर सभापति मनोज केसी सम्मिलितको कोर टिम गठन गरिएको छ ।
Featured Posts – Style 1
भक्तपुर निर्वाचन क्षेत्र नं. १मा नेकपाको कुरा
2026-01-29 Comments Off on भक्तपुर निर्वाचन क्षेत्र नं. १मा नेकपाको कुरा
भक्तपुर निर्वाचन क्षेत्र नं. १मा नेकपाको कुराभक्तपुर,भक्तपुर निर्वाचन क्षेत्र न १ कालागि उम्मेदवारी दिएका नेपाल कम्यूनिष्ट पार्टीले आज भक्तपुरको कमलविनायकमा...
सवारी दुर्घटनामा नवदुर्गागणका देवगण विमलको मृत्यु, जगाती प्रहरी वृत्तमा धर्ना,घाईतेको उपचार गर्ने सहमति
2026-01-29 Comments Off on सवारी दुर्घटनामा नवदुर्गागणका देवगण विमलको मृत्यु, जगाती प्रहरी वृत्तमा धर्ना,घाईतेको उपचार गर्ने सहमति
सवारी दुर्घटनामा नवदुर्गागणका देवगण विमलको मृत्यु, जगाती प्रहरी वृत्तमा धर्ना,घाईतेको उपचार गर्ने सहमतिभक्तपुर, माघ १४ गतेभक्तपुरको प्रसिद्ध नवदुर्गा गणका देवगण...
Iconic figure making success of “Dushman Hereko Herai” – Cinematographer/ Director Rupesh Thapa
2026-01-28 Comments Off on Iconic figure making success of “Dushman Hereko Herai” – Cinematographer/ Director Rupesh Thapa
In an industry where faces often command the spotlight, Rupesh Thapa has quietly built a powerful legacy through frames, light,...
‘एक्टिङ आइडल’ सिजन -१ प्रतियोगिता आयोजना हुने
2026-01-28 Comments Off on ‘एक्टिङ आइडल’ सिजन -१ प्रतियोगिता आयोजना हुने
लग्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टको आयोजनामा ‘एक्टिङ आइडल’ सिजन -१ प्रतियोगिता आयोजना हुने भएको छ । विगत केही वर्षदेखि नवप्रतिभाहरूलाई मञ्च प्रदान...
भक्तपुरमा निर्वाचन तयारी तीव्र
2026-01-28 Comments Off on भक्तपुरमा निर्वाचन तयारी तीव्र
भक्तपुरमा निर्वाचन तयारी तीव्रमाघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी...














