छोरीको घर जेष्ठ नागरिक आश्रमद्वारा गुरु र जेष्ठ नागरिकहरु सम्मानित
भक्तपुर, भाद्र १५ गते
छोरीको घर जेष्ठ नागरिक आश्रम ताथली भक्तपुरले तीज विशेष कार्यक्रम आयोजना गर्दै श्रीमद्भागवतको तयारी गरेको छ । समाजमा रहेका असाहय जेष्ठ नागरिकहरुलाई नि:शुल्क खान बस्न तथा बाँकी जीवन बिताउन आश्रम निर्माणकालागि नागरिकस्तरबाट सहयोग संकलन गर्ने उदेश्यका साथ श्रीमद् भागवत गर्ने तयारी गरेको हो । नेपाली महिला दिदि बहिनीहरुको मौलिक पर्व तीजको अवसरमा गुरुहरु तथा ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई सम्मानित गर्दै छोरीको घर जेष्ठ नागरिक आश्रमले तीजको दर खाने तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेका थियो।
छोरीको घर जेष्ठ आश्रमका अध्यक्ष विजय मुर्ती महाराजले ताथलीबासीको साझा सम्पतिको रुपमा छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माण गर्न चाहेको सो अवसरमा बताए । जेष्ठ नागरिकसँगै अभिभावकबिहिन बलबालिकाहरुकालागि पनि बाल गृह सञ्चालन गर्न चाहेको बताए । ३ करोड पर्ने जग्गा धार्मिक तथा सामाजिक आस्था र विश्वासका साथ २ करोड २५ लाखमा किने र अन्य सेवा विस्तारकालागि असोज ११ गते श्रीमद् भगवत आयोजनाको तयारी थालेको उहाँले बताए । आश्रमसँगै जेष्ठ नागरिक र बालबालिकाका लागि आवश्यक अन्य पूर्वाधार निर्माण गर्ने उद्देश्य रहेको चर्चा गर्दै अध्यक्ष विजय मुर्तीले नेपाली समुदायमा तीज पर्वको महत्व बारे प्रकाश पार्नु भयो ।
बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठको आतिथ्यतामा आयोजित सो कार्यक्रममा दर खाने तथा सांस्कृतिक कार्यक्रम पनि आयोजना भएको थियो ।















