भक्तपुर जिल्ला मानन्धर युवा संघमा नयाँ नेतृत्व

भक्तपुर जिल्ला मानन्धर युवा संघमा नयाँ नेतृत्व
२९ जेठ, केके मानन्धर
भक्तपुर जिल्ला मानन्धर युवा संघले बाबुकाजी मानन्धरको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति बनाएको छ । संघले जिल्लाका विभिन्न ठाउँमा सघन बसोबास गर्दै आएका ७ वटा टोलको प्रतिनिधित्व हुनेगरि चौथो वार्षिकोत्सव तथा दोस्रो अधिवेशनमार्फत नयाँ समिति छनोट गरेको हो । यसअघि भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहेका न्हुछेरत्न मानन्धर नेतृत्वको कार्यसमिति बनेको थियो ।
अधिवक्ता रामकृष्ण मानन्धरको संयोजनमा गठन गरिएको निर्वाचन समितिबाट सर्वसम्मत निर्वाचित नयाँ समिति तपसिल बमोजिम छ ।
१) अध्यक्ष– बाबुकाजी मानन्धर, साःकोलान शिवरात्री गुठी ख्वप ।
२) प्रथम उपाध्यक्ष– राम बहादुर मानन्धर, गोल्मढी शिवरात्री गुठी ख्वप ।
३) द्वितीय उपाध्यक्ष– ज्ञानेन्द्र मानन्धर, तापालाछी शिवरात्री गुठी ख्वप ।
४) सचिव, बर्तराम मानन्धर, पुलांसः शिवरात्री गुठी ख्वप ।
५) कोषाध्यक्ष– उत्तम मानन्धर, मानन्धर युवा समुह थिमि ।
६) सहसचिव– गंगाराम मानन्धर, सिवा साय्मि खलः थिमि ।
७) सहकोषाध्यक्ष– ईन्द्र मानन्धर, मानन्धर समाज दधिकोट ।
८) सदस्य– तुलसी काजी मानन्धर, साःकोलान शिवरात्री गुठी ख्वप ।
९) सदस्य– ज्ञानबहादुर मानन्धर, साःकोलान शिवरात्री गुठी ख्वप ।
१०) सदस्य– राजकुमार मानन्धर, गोल्मढी शिवरात्री गुठी ख्वप ।
११) सदस्य– उमेश काजी मानन्धर, गोल्मढी शिवरात्री गुठी ख्वप ।
१२) सदस्य– राजेन्द्र मानन्धर, पुलांसः शिवरात्री गुठी ख्वप ।
१३) सदस्य– राम प्रसाद मानन्धर, पुलांसः शिवरात्री गुठी ख्वप ।
१४) सदस्य– रत्न प्रसाद मानन्धर, मानन्धर युवा समाज थिमि ।
१५) सदस्य– राजेश मानन्धर, सिवा साय्मि खलः थिमि ।
१६) सदस्य– सचिन मानन्धर, सिवा साय्मि खलः थिमि ।
१७) सदस्य – विष्णु लक्ष्मी मानन्धर, तापालाछी शिवरात्री गुठी ख्वप ।
१८) सदस्य– तीर्थलक्ष्मी मानन्धर, साःकोलान शिवरात्री गुठी ख्वप ।
१९) सदस्य– रामदेवी मानन्धर, साःकोलान शिवरात्री गुठी ख्वप ।
२०) सदस्य– सुजित मानन्धर, मानन्धर समाज दधिकोट ।
२१) सदस्य– आशकाजी मानन्धर, मानन्धर समाज दधिकोट ।

प्रमुख अतिथि– वाग्मती प्रदेशका उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री माननीय बसन्त मानन्धर ।
अतिथि– मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ ।
अतिथि– गैरन्यायिक सडक बिस्तारविरूद्धको संघर्ष समितिका संयोजक सुमन साय्मि ।
अतिथि– भक्तपुर उद्योग वाणिज्य संघ तथा मोर्डन युथ फोर सोसाइटीका अध्यक्ष शिव प्रसाद मानन्धर ।
अतिथि– सम्पदाका अध्येता रत्न साय्मि ।
अतिथि– केन्द्रिय मानन्धर युवा संघका संयोजक सन्देश मानन्धर ।
अतिथि– काभ्रे जेसिजका अध्यक्ष सन्जिव मानन्धर ।
अतिथि– करुणामय मानव कल्याण संस्थाका अध्यक्ष सिद्धि गोपाल मानन्धर, सचिव उत्तम मानन्धर लगायत ।
–माननीयज्यूको भनाइः मानन्धर समुदाय संगठित र एकीकृत भएर हकअधिकारको क्षेत्रमा अघि बढ्नुपर्ने । खानेपानी व्यवस्थापनको क्षेत्रमा सक्दो मेहनत गर्ने, सहकार्य गरेर अघि बढ्ने ।
–सुमन साय्मिको भनाइ– हाम्रो भूमि, कला, सम्पदा रक्षाको लागि संघर्ष गर्नुपर्ने ।
– संघका सचिव ज्ञानेन्द्र मानन्धरबाट वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बर्तराम मानन्धरबाट आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत ।
–भक्तपुर जिल्ला मानन्धर युवा संघका अध्यक्ष न्हुछेरत्न मानन्धर, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष हुन् ।
–उपाध्यक्ष बाबुकाजी मानन्धरबाट धन्यवाद ज्ञापन भाषण ।