वागीश्वरी मावि÷कलेज सञ्चिति कोषको पाँचौ साधारण सभा सम्पन्न ।
भक्तपुर, ४ मंसिर । वागीश्वरी माध्यमिक विद्यालय÷कलेज सञ्चिति कोषको पाचौ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख एवं वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जीवनभर कमाएको इज्जत मान, प्रतिष्ठा सानो कमजोरीले केही समयमै समाप्त हुनसक्ने कुरामा सचेत पार्दै सम्पूर्ण भक्तपुरवासीहरुको संयुक्त प्रयासले नै आज भक्तपुर नपा अरुको निम्ति नमुना हुन सफल भएको प्रस्ट पार्नुभयो ।
भक्तपुरबाट एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुको सङ्ख्या र कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको सङ्ख्या तुलना गर्दा भक्तपुरबाट उत्तीर्ण भएका विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्न भक्तपुरकै शैक्षिक संस्थाहरुलाई चयन गरेको आ“कलन गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्यको रुपमा स्थापित गर्ने भक्तपुरवासीको इच्छा विस्तारै पूरा हु“दै गएको उहा“ले बताउनुभयो ।
न्यून आय भएका सम्पूर्ण भक्तपुरवासीका छोराछोरीहरुलाई उच्च शिक्षाबाट बञ्चित हुन नदिन भक्तपुर नपालगायत अरु शैक्षिक संस्थाहरुले वार्षिक करोडौं रुपैया छात्रवृत्ति प्रदान गर्दै आएको उहा“ले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नपा ९ नं. वडाका अध्यक्ष रवीन्द्र ज्याख्वले वागीश्वरीले व्यवस्था गरेको सञ्चिति कोषले वागीश्वरीलाई थप प्रगतिउन्मुख बनाउन उत्प्रेरकको भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
वागीश्वरी सामुदायिक संस्था भएकोले समुदायस“गको अन्तरक्रिया अत्यावश्यक भएकोतर्फ इङ्गित गर्दै विद्यार्थीहरुलाई स्थानीय संस्कृति, रहनसहनबारे जानकारी दिन शिक्षकहरुले चिन्तन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थीहरुको विकास शैक्षिक गतिविधिहरुबाट मात्र पूर्ण नहुने भएकोले विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि शिक्षकहरुले अतिरिक्त क्रियाकलापलाई पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
वागीश्वरी मावि तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले जग नै भवनको प्राण हुने भएकोले विद्यालयको जग प्रावि तहमा विद्यार्थीहरुको सङ्ख्याको साथै गुणस्तर बढाउनतिर ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।
शिक्षण पेशा पैसाको प्यास मेटाउने पेशा नभइकन सम्मान, गौरवको पेशा भएकोले विद्यार्थी धेरै भएकोमा झर्को नमानी व्यवस्थित सेवा पु¥याउनतिर ध्यान जान आवश्यक छ भन्नुभयो ।
कोषका अध्यक्ष एवं वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदन रायसुझावसहित पारित गरिएको उक्त कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापकद्वय कृष्णप्रसाद कर्माचार्य, उकेश सुवाल तथा शिक्षिका कविता प्रजापति, शर्मिला प्रजापतिले पनि बोल्नुभएको थियो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...













