नेपाल मेडिसिटीमा विना चिरफार र दुखाइ कलेजोको जाँच गर्ने ’फाइब्रो–स्क्यान’ सेवा सुरु

नेपाल मेडिसिटीमा विना चिरफार र दुखाइ कलेजोको जाँच गर्ने ’फाइब्रो–स्क्यान’ सेवा सुरु

ललितपुर – पछिल्लो समय आम जनमानसमा रहेको निष्क्रिय जीवनशैली र खानपानमा आएको परिवर्तनका कारण नेपालमा पनि कलेजोका रोगीहरूको संख्या बढ्दै गइरहेको अवस्थामा, ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले अत्याधुनिक ’लिभर फाइब्रो–स्क्यान’ (ीष्खभच ँष्दचयकअबल) उपकरणबाट सेवा सुचारु गरेको छ ।
यस सेवामार्फत सर्वसाधारणले, अस्पताल भर्ना नभई, छिटो, पीडारहित र भरपर्दो तरिकाले आफ्नो कलेजोको स्वास्थ्य अवस्था परीक्षण गर्न सक्नेछन् । लिभर फाइब्रो–स्क्यानले कलेजोको कडापन (क्तषालभकक) र बोसोको मात्रा (ँबत दगष्मिगउ) केही मिनेटमै पत्ता लगाउँछ ।


यस प्रक्रियामा न त सुईंले घोच्नु पर्छ, न त बिरामीले दुखाई नै सहनुपर्छ र अस्पताल भर्ना हुनुपर्ने अवस्था पनि रहँदैन । परम्परागत ’बायोप्सी’ (द्यष्यउकथ) प्रविधिको तुलनामा यो प्रविधि गैर–आक्रामक (ल्यल(ष्लखबकष्खभ) हुनुका साथै अत्यन्तै सरल र सटिक छ । साथै यसबाट गरिने परीक्षणबाट नतिजा तुरुन्तै आउने भएकाले चिकित्सकहरूले बिरामीलाई तत्कालै आवश्यक परामर्श दिन सक्छन् ।
अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख प्रा. डा. उमिद कुमार श्रेष्ठका अनुसार, जीवनशैलीमा आएको परिवर्तन नै कलेजो सम्बन्धी रोगहरू बढ्नुको मुख्य कारण हो ।
“शारीरिक व्यायामको कमी, प्रशोधित र होटलका खानाको अत्यधिक प्रयोग, मद्यपान, मोटोपन र मधुमेह नै ’फ्याटी लिभर’ र ’सिरोसिस’ निम्त्याउने मुख्य कारक तत्त्व रहेको, “उहाँ बताउनुहुन्छ । चिन्ताको विषय त के छ भने, धेरैजसो बिरामीमा रोग निकै जटिल अवस्थामा नपुगेसम्म कुनै लक्षण नै देखिँदैन ।“
स्वास्थ्य विशेषज्ञहरूका अनुसार नियमित मदिरा सेवन गर्ने, बाहिरको खाना धेरै खाने वा निष्क्रिय जीवन बिताउने व्यक्तिहरू यस प्रकारको रोगको उच्च जोखिममा हुन्छन् र उनीहरूले नियमित कलेजो जाँच गराउनु आवश्यक छ ।
फाइब्रो–स्क्यानमार्फत प्रारम्भिक चरणमै रोग पत्ता लाग्दा कलेजोलाई पुरानै अवस्थामा फर्काउन सम्भव हुन्छ, जसले गर्दा बिरामीले समयमै सावधानी अपनाएर भविष्यमा हुने गम्भीर जटिलताबाट बच्न सक्छन् ।
रोगको पहिचान मात्र नभई, यो परीक्षणले मानिसहरूलाई मानसिक शान्ति समेत प्रदान गर्छ । धेरैका लागि यो सामान्य जाँच आफ्नो स्वास्थ्यप्रति सचेत हुन वा स्वस्थ बानी बसाल्नका लागि एउटा ’वेक–अप कल’ (सचेतना) पनि हुन सक्छ ।
निवारक हेरचाहलाई प्रोत्साहन गर्न नेपाल मेडिसिटी अस्पतालले यो सेवामा मे १, २०२६ सम्मका लागि २० प्रतिशत छुट समेत उपलब्ध गराएको छ ।